Welcome to Narayannepal.com.np

Sahakari Exercise & Summary सहकारी | Class 12 Nepali Unit 11

Class 12 Sahakari (Cooperative) Nepali Chapter 11, including exercises with solutions, detailed notes with question answers, and comprehensive grammar

पाठ ११
सहकारी

Cooperatives (Sahakari: in Nepali) are people-centered enterprises owned, controlled and operated to meet the common economic, social and cultural needs and aspirations of their members.

सहकारीहरू आफ्ना सदस्यहरूको साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकांक्षाहरू पूरा गर्न स्वामित्वमा रहेको, नियन्त्रित र सञ्चालित जन-केन्द्रित उद्यमहरू हुन्।

Nepali Chapter 11 Class 12 Sahakari Exercise
Unit 11: Sahakari सहकारी Class 12 Nepali

शब्दभण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

सोद्देश्य : निश्चित उद्देश्यका साथ

समन्वय : एकभन्दा बढी कुराको मेल

उदात्त : महान्

उपादेयता : उपयोगिता

स्वावलम्बी : आत्मनिर्भर

स्वायत्तता : स्वाधीनता

बोनस : लाभांश

आधिपत्य : स्वामित्व

उर्वरा : धेरै उब्जनी हुने, उब्जाउ

अनुपम : अतुलनीय

२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :

(क) कुनै जाति वा समुदायको प्रगतिको सम्पूर्ण प्रतिबिम्ब
सभ्यता

(ख) उद्योग, व्यापार आदि कुनै व्यवसायमा लगानी गरिएको निरन्तर मुनाफा दिइरहने मूल धन
सावाँ

(ग) साझा ब्यापारमा लगाइएका सम्पत्तिको हिस्सा
सेयर

(घ) भइपरी आउने कामकाजका लागि राखिएको सञ्चित धनमाल
जगेडा

(ङ) कुनै विषयलाई ब्यवस्थित रुपमा गर्न, गराउन बनेको सरकारी नियम
ऐन

(च) ऐन, विधान आदिको एक अंश
दफा

३. दिइएका शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :

उदय : अस्त
उन्नति : अवनति
सुखी : दुःखी
खुला : बन्द
संयोग : वियोग
स्वायत्तता : पराधीनता
लाभ : हानी
विगत : आगत
विकास : विनाश
नाफा : नोक्सान

४. दिइएका टुक्काको अर्थ पहिल्याई तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

१. हात छाड्नु (पिट्नु)
विद्यार्थीले गृहकार्य नगरेपछि गुरुले हात छाड्नु भयो ।

२. सातो जानु (होसहवास हराउनु)
आज विद्यालय जाँदा बाटोमा डरलाग्दो सर्प देखेपछि मेरो त सातो गयो ।

३. घुँडा टेक्नु (हार खानु)
एमसिसीमा विदेशीसामू घुँडा टेक्नु हाम्रो देशलाई उचित छैन ।

४. टाउकामा टेक्नु (मात्तिएर हेप्नु)
मेरी बुढीलाई मैले धेरै माया गरेर उनले मेरो टाउकामा टेकेकी हुन् ।

५. कुलेलम ठोक्नु (भाग्नु)
बाघ देख्नेबित्तिकै स्यालको बच्चोले कुलेलम ठोक्यो।

६. खुट्टा तान्नु (अगाडि बढ्न नदिनु)
अरूको प्रगति देख्न नसक्नेहरूले खुट्टा तान्ने गर्दछन् ।

७. हात थाप्नु (माग्नु)
देशमा रहेको स्रोत र साधनहरूको उचित प्रयोग गरेमा नेपालीले बाँच्नका लागि हात थाप्नु पर्दैन ।

८. ज्यान दिनु (सकेसम्म सहायता गर्नु)
हामी नेपालीहरूले मातृभूमिको रक्षाको लागि आफ्नो ज्यान दिन समेत तयार हुनुपर्छ ।

९. तालुमा आलु फल्नु (भाग्य सप्रनु)
अमेरिका जाने डिभी चिट्ठा परेर हर्केको त तालुमा आलु फलेछ ।

५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :

१. अग्रिम : अगिल्लो

२. अधिकृत : कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति

३. अन्तःशुल्क :उत्पादन शुल्क

४. अब्बल : उत्तम श्रेष्ठ, प्रथम दर्जाको

५. आपूर्ति : दैनिक तथा सामाजिक उपभोग्य विषयवस्तु पूरा गर्ने काम

६. आयब्यय : आम्दानी र खर्च, नाफा नोक्सान

७. आरक्ष : वन्यजन्तुको सुरक्षा र रूख बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम आरक्षण

८. ऐलानी : सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा

९. कार्यवाहक : कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थाई रूपमा काम गर्ने कर्मचारी वा पधाधिकारी

१०. कित्ता : श्रेणी, तह कक्षा दर्जा, ओहोदा

११. कुत : कबुलअनुसार खेत वा बारी कमाउँदा मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने निश्चित अन्न, मोहीबाट तल्सिङले पाउने अन्नबाली

१२. गण : कुनै एक विषयमा समानता भएका मानिस वा देवताको समुदाय

१३. चाहार : बर्सादका भरले रोपिने सुक्खा माटो भएको

१४. दोयम : मझौला खालको, अव्बलभन्दा मुनिको र सिमभन्दा माथिको जग्गा

१५. पर्ती : आबाद वा खनजोत नभएको, बाँझो जमिन

१६. मोठ : सम्पत्तिको मूल हिसाब लेखिएको कागज, खुकुरी, तरबार, खुंडा आदिको मुठीले समाउने ठाउँ मुठ, बिँड

१७. सिम : पानी कहिल्यै नसुक्ने जमिन

१८. सुकुम्बासी : सुकुमबास भएको, घरजग्गा नभएको रैती

बोध र अभिव्यक्ति

२. सहकारी प्रबन्ध पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) सहकारी भनेको के हो ?

सहकारी भनको सहकार्य गर्ने साथीहरुले आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग गर्ने उद्देश्यले मिलीजुली स्थापना गरेको साझा संस्था हो ।

(ख) आधुनिक सहकारीको अवधारणा कुन देशबाट आएको मानिन्छ ?

आधुनिक सहकारीको अवधारणा बेलायतबाट आएको मानिन्छ ।

(ग) नेपाली संस्कृतिको मुख्य आधार के हो ?

नेपाली संस्कृतिको मुख्य आधार हाम्रा पुर्खाहरूले गर्ने गुठी, भारोप्रम, ऐचोपैचो, सरसापट, मेलपात, पारस्परिक सहयोग र सहकार्यबाट अभिप्रेरित सामूहिक जीवनशैली हो ।

(घ) सहकारीका निर्देशक सिद्धान्त के के हुन् ?

सहकारीका निर्देशक सिद्धान्त स्वैच्छिक तथा खुला सदस्यता सदस्यको लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता, स्वायत्तता, स्वतन्त्रता, सहकारीबिच पारस्परिक सहयोग, समुदायप्रतिको सरोकार शिक्षा, तालिम र सूचना हुन् ।

(ङ) सहकारीको मुख्य नाराको आशय के हो ?

सहकारीको मुख्य नाराको आशय स्वतन्त्रताका लागि स्वावलम्बन, समुन्नतिका लागि पारस्पारिकता र दुवैका लागि सहकारिता हो ।

(च) ‘सहकारी’ प्रबन्धको पहिलो र दोस्रो अनुच्छेदको सार भन्नुहोस् ।

‘सहकारी’ प्रबन्धको पहिलो अनुच्छेदको सार सहकार्य गर्ने साथीहरुले आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग र सहकार्य गर्ने उद्देश्यले मिलीजुली स्थापना गरेको साझा संस्था सहकारी हो भन्नु हो भने दोस्रो अनुच्छेदको सार भनेको व्यक्तिगतभन्दा सामूहिक आर्थिक क्रियाकलापमा जोड दिने सहकारीको अवधारणा बेलायतबाट आए पनि मानिसको सुखसमृद्धिका लागि समूहको बसाइ सहयात्रा र सहकार्य आवश्यक छ भन्ने पूर्वीय वाङ्मय चिन्तनको सार नै सहकारीको पूर्वरूप हो भन्नु हो ।

(छ) सहकारी किन आवश्यक छ ?

सहकारी मानिसको सुखसमृद्धिका लागि, सामूहिक आर्थिक क्रियाकलापका लागि, आर्थिक समृद्धि र विकासका लागि, लाखौँ युवा विदेशिनुपर्ने स्थितिको अन्त्य गरी स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि, परनिर्भरता घटाई आत्मनिर्भर संस्कृतिको विकासका लागि, राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउनका लागि, उद्यमशील र सिर्जनशील प्रकृतिका कार्य गर्नका लागि र नेपाललाई संसारकै समुन्नत र सुखी मुलुक बनाउनका लागि आवश्यक छ ।

३. नेपालमा सहकारी स्थापनाका मुख्य उद्देश्य बताउनुहोस् ।

नेपालमा सहकारी स्थापनाका मुख्य उद्देश्य सहकार्यबाट व्यक्तिलाई आत्मनिर्भर बनाउने र समुदायको दिगो विकास गर्नु हो । नेपालमा सहकारीमार्फत आर्थिक समृद्धिको उद्देश्यका लागि सहकारी स्थापना भएको छ । साथै नेपालमा सहकारी स्थापनाका मुख्य उद्देश्यहरू मानिसको जीवन सुखीसमृद्धिका बनाउनु सामूहिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नु, नेपाल र नेपालीको आर्थिक समृद्धि एवं विकास गर्नु, लाखौँ युवा विदेशिनुपर्ने स्थितिको अन्त्य गरी स्वदेशमै रोजगारी सिर्जना गर्नु परनिर्भरता घटाई आत्मनिर्भर संस्कृतिको विकासका गर्नु, राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउनु आम जनसमुदायमाझ छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिको एकीकृत उपयोग गरी आर्थिक उन्नति गर्नु, व्यक्तिलाई आत्मनिर्भर बनाई समाजको उन्नति गर्नु उद्यमशील र सिर्जनशील प्रकृतिका कार्य गरी नेपाल जस्तो विकासोन्मुख देशलाई संसारकै समुन्नत र सुखी मुलुक बनाउनु, आदि हुन् ।

४. संयुक्त राष्ट्रसङ्घले संसारका सबै देशलाई सहकारीको स्थापना र सञ्चालन गर्न दिएको सुझावबारे आफ्ना धारणा व्यक्त गर्नुहोस् ।

संयुक्त राष्ट्र सङ्घले सहकारीलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारस्तम्भ स्वीकार गर्दै सबै देशलाई यसका माध्यमबाट आफ्नो देशको विकास गर्न सकिने भएकाले यसको अनुसरण गर्न सुझाव दिएको छ । संयुक्त राष्ट्रसङ्घको यो सुझावसँग म एकदमै सहमत छु ।

आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग र सहकार्य गर्ने उद्देश्यले स्थापित संस्थालाई सहकारी भनिन्छ । आधुनिक सहकारीको अवधारणा उन्नाइसौं शताब्दीको पूर्वार्द्ध (सन् १८४४) मा बेलायतबाट आएको मानिन्छ । सहकारीका माध्यमबाट बेलायतले छोटो समयमा नै लोभ लाग्दो आर्थिक समृद्धि र विकास गरेपछि विश्वका अन्य देशले पनि यसको अनुसरण गरेको देखिन्छ । सहकारीको उपादेयता समाजका हरेक क्षेत्रमा उत्तिकै भए पनि आर्थिक समृद्धि र विकासमा यसको महत्त्व निकै विशिष्ट रहेको छ । विकासको मुख्य आधार आर्थिक समृद्धि हो । सन् १८८५ मा अन्तर्राष्ट्रिय सहकारी महासङ्घको स्थापना भई यसले सहकारीका आधारभूत र नैतिक मूल्यलाई समेटेर सहकारी स्थापनाका स्वैच्छिक तथा खुला सदस्यता सदस्यको लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता स्वायत्तता स्वतन्त्रता, सहकारीबिच पारस्परिक सहयोग, समुदायप्रतिको सरोकार शिक्षा तालिम र सूचना जस्ता निर्देशक सिद्धान्त तयार पारेको छ । यिनै निर्देशक सिद्धान्तलाई अनुसरण गरी विश्वका अधिकांश देशमा सहकारीलाई अघि बढाइएको छ । न्यून पुँजी भएका व्यक्तिलाई ‘एक थुकी सुकी सय थुकी नदी’ भने झैँ यसमा आबद्ध भएर एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ । सबै किसिमका व्यक्तिलाई समेट्न सक्ने हुँदा अविकसित, विकासोन्मुख र विकसित सबै देशमा सहकारी खुलेका छन् । त्यसैले संयुक्त राष्ट्रसङ्घको यो सुझाव मलाई अत्यन्तै सान्दर्भिक एवं उपयुक्त लाग्यो ।

५. दिइएको प्रबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) नेपाललाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ ?

नेपाल जस्तो गरिब मुलुकको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा केही वर्षभित्र यसले गरेका विभिन्न कार्यबाट थाहा पाउन सकिन्छ । नेपालमा २९,८८६ सहकारी सञ्चालन भए पनि अहिलेसम्म सबै क्षेत्रमा सहकारीको सञ्चालन हुन सकेको छैन । सबैजसो क्षेत्रमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको खण्डमा नेपाल धेरै कुरामा आत्मनिर्भर हुने देखिन्छ ।

(ख) नेपालका घरेलु उत्पादनलाई ब्यवस्थापन गरी बजारीकरण गर्न कस्ता उपाय अवलम्बन गर्नुपर्ला ?

घरेलु उद्योग भनेको सानो स्तरको विकेन्द्रिकृत उत्पादन व्यवसाय हो । नेपाल जस्तो विकासोन्मुख मुलुकमा घरेलु उत्पादनले महत्पूर्ण भूमिका खेलेको हुन्छ । तर अहिले विश्वव्यापीकरणको बढ्दो प्रभावसँगै विदेशी वस्तुको बढ्दो प्रयोगले हाम्रा घरेलु उत्पादनको ब्यवस्थापन र बजारीकरण गर्ने कार्य त्यति सहज छैन । नेपालका घरेलु उत्पादनलाई व्यवस्थापन गरी बजारीकरण गर्नका लागि सहकारी नै प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ । यसका लागि सहकारीको प्रकृति तथा लाभबारे समुदायभित्रका सर्वसाधारणलाई सुसूचित गराउनुपर्छ । स्वदेशी वस्तुलाई प्राथमिकता दिने सहकारीका सम्पूर्ण सदस्यलाई शिक्षा एवं तालिम दिनुपर्छ । मार्केटिङका सबैभन्दा सान्दर्भिक प्रवृत्तिहरू एकीकृत गरि डिजिटल मार्केट र हबस्पटको व्यवस्था गराउनुपर्छ । यिनै उपायहरू अवलम्बन गर्नसके नेपालका घरेलु उत्पादनलाई ब्यवस्थापन गरी बजारीकरण गर्न सकिन्छ ।

६. दिइएको प्रबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) स्वदेशमै रोजगारी सिर्जना गर्न के गर्नु उपयुक्त हुन्छ ?

प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालले आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारस्तम्भ सहकारीलाई समुदायका सबैजसो क्षेत्रमा स्थापना गरी आम जनसमुदायमाझ छरिएर रहेको प्रतिभा र प्रविधिको एकीकृत उपयोग गर्न सकिन्छ । सहकारी उद्यमशील संस्था भएकाले यसअन्तर्गत धेरै उद्यमशील र सिर्जनशील प्रकृतिका कार्य समाविष्ट छन् । अपार जलस्रोत एवम् उर्वरा भूमि, कृषि, पशुपालन, वन, वातावरण, विद्यालय, स्वास्थ्य, पर्यटन, सञ्चार तथा प्रविधि वित्तीय सेवा यातायात, जग्गा तथा आवास, ऊर्जा, बिमा, जडीबुटी आदि इत्यादि क्षेत्रको अध्ययन गरी सहकारीका माध्यमबाट यिनको व्यवस्थापन गर्ने हो भने स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।

(ख) नेपाललाई कसरी संसारकै समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ?

प्रकृति र संस्कृतिले भरिपूर्ण नेपाललाई संसारकै समुन्नत र सुखी मुलुक बनाउन विकासको आधारस्तम्भ सहकारीलाई समुदायका सबैजसो क्षेत्रमा स्थापना गरी आम जनसमुदायमाझ छरिएर रहेको प्रतिभा र प्रविधिको एकीकृत उपयोग गर्न सकिन्छ । जलस्रोत, कृषि र पर्यटनमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरेर उद्योगको व्यवस्थापन गरी स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ । यसरी सिर्जनशील युवाको सक्रिय सहभागितामा स्वदेशको विकास तीव्र रूपमा अघि बढ्छ । यसबाट परनिर्भरता घट्न गई आत्मनिर्भर संस्कृतिको विकास हुन्छ र राष्ट्रिय अर्थतन्त्र पनि सुदृढ हुन्छ । यसरी सहकारीका माध्यमबाट सबै उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै नयाँ क्षेत्रलाई समेत समेटेर अघि बढ्न सके नेपाललाई संसारकै समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ।

७. समीक्षात्मक उत्तर लेख्नुहोस् :

(क) सहकारीले नेपालको विकासमा कसरी सहयोग पुऱ्याएको छ ?

प्रस्तुत प्रबन्ध कक्षा १२ को नेपाली पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेका हुन् । यस निबन्धमा सहकारीलाई आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा प्रस्तुत गरिएको छ । समाजका सदस्यहरु एकआपसमा मिलीजुली आर्थिक समृद्धि र विकासका लागि स्थापना गरेको साझा संस्था सहकारी हो । सहकार्य गर्ने साथी, बन्धुबान्धव वा अन्य जोकोही व्यक्तिको सामाजिक, सांस्कृतिक, आर्थिक आदि क्षेत्रमा गरिने सोद्देश्य सामूहिक क्रियाकलाप हो ।

नेपालमा सहकारीमार्फत आर्थिक समृद्धिको उद्देश्यका लागि सङ्गठित हुने कार्यको थालनी वि.स. २०१३ मा चितवनमा स्थापना गरिएको बखान ऋण सहकारी संस्थाबाट भएको हो । अहिले सहकारी विभागको वि.सं २०७७ को तथ्याङ्कअनुसार नेपालमा २९,८८६ सहकारी सञ्चालन भएका छन् । सहकारीले नेपालको विकासमा पनि धेरै सहयोग पुयाएको छ । नेपालको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा केही वर्षभित्र यसले गरेका विभिन्न कार्यबाट थाहा पाउन सकिन्छ । नेपालमा सहकारीमार्फत सहकार्य गर्दा आमा जनसमूहमाझ छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिको एकीकृत उपयोग भई व्यक्ति आत्मनिर्भर हुनुका साथै समाज र राष्ट्रकै विकास हुँदै गैरहेको छ । नेपाली समाजमा सहकारीमार्फत सहकार्य गर्दा न्यून पुँजी भएका व्यक्तिहरू पनि आबद्ध भई एक एक थोपा जम्मा गरी गाग्री भर्ने सुविधा मिलेको छ । समाजका सबै क्षेत्रमा सहकारीको आवश्यकता सबैतिरबाट महसुस गरिएको छ । सहकारीले पारस्परिक सहयोग र सहकार्यका माध्यमबाट मानवहितका कार्य गरेर सामाजिक विकासमा पनि उल्लेख्य योगदान पुर्याएको छ । विकासको मुख्य आधार आर्थिक समृद्धि हो । सहकारी क्षेत्रले सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरूप देशका कृषक, कालिगढ, श्रमिक, न्यून आय भएका समूह एवं सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई एकीकृत गरेको छ । सहकारीमा पुँजीमाथि सबै सदस्यहरूको समान स्वामित्व हुने भएकाले सहकारीमा नाफा हुँदा सेयर पुँजीका आधारमा सिमित बचत फिर्ता पाउँछन् । सहकारीमा संस्थागत विकास एवं सदस्यहरूको सेवा तथा सुविधा सुनिश्चित हुन्छ । सहकारीले श्रम र सिपलाई बढी महत्व दिएको हुन्छ । जलस्रोत, कृषि र पर्यटनमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरी उद्योगको व्यवस्थापन गरी स्वदेशमै रोजगारी सिर्जना भएको छ । यसरी सिर्जनशील युवाको सक्रिय सहभागितामा स्वदेशको विकास तीव्र रूपमा अघि बढ्छ । यसबाट परनिर्भरता घट्न गई आत्मनिर्भर संस्कृतिको विकास हुन्छ र राष्ट्रिय अर्थतन्त्र पनि सुदृढ हुन्छ ।

यसरी सहकारीका माध्यमबाट सबै उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै नयाँ क्षेत्रलाई समेत समेटेर अघि बढ्न सके नेपाललाई संसारकै समुन्नत र सुखी मुलुक बनाउन सकिन्छ ।

(ख) ‘सहकारीमा एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ’ विवेचना गर्नुहोस् ।

प्रस्तुत प्रबन्ध कक्षा १२ को नेपाली पाठ्यपुस्तकका सम्पादकको समूहले तयार पारेका हुन् । यस निबन्धमा सहकारीलाई आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा प्रस्तुत गरिएको छ । समाजका सदस्यहरु एकआपसमा मिलीजुली आर्थिक समृद्धि र विकासका लागि स्थापना गरेको साझा संस्था सहकारी हो । सहकारीमा सामूहिक आर्थिक क्रियाकलापमा जोड दिइन्छ । यही सामूहिक आर्थिक क्रियाकलाप नै कुनै देशको सुख, समृद्धि र विकासको कारक बन्न सक्छ ।

सहकारीमा न्यून पुँजी भएका व्यक्तिहरूले सानो सानो रकम जम्मा गरी ठुलो रकम बनाउने सुविधा हुन्छ । सहकारी सहकार्य गर्ने साथीहरूले आर्थिक समृद्धि र विकासका लागि मिलीजुली स्थापना गरेका हुन्छन् । सहकार्य गर्दा जनसमुदायमाझ छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिको एकीकृत उपयोग भई यसबाट आर्थिक उन्नति हुने भएकाले व्यक्ति आत्मनिर्भर बनी समाजको उन्नति हुन्छ । एकआपसमा सहयोग र सहकार्यको आवश्यकता महसुस भएपछि नै ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनाका साथ सहकार्यका लागि स्थानीय स्तरमा सहकारीको स्थापना गरिएको देखिन्छ । सहकारीमा सहकार्यलाई महत्त्व दिइने भएकाले यसमा न्यून पुँजी भएका व्यक्ति पनि आवद्ध हुन सक्छन् । न्यून पुँजी भएका व्यक्तिलाई ‘एक थुकी सुकी सय थुकी नदी’ भने यसमा आबद्ध भएर एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ । मानिसले एक्लै गर्न नसक्ने काम समूहमा रहेर गर्न सक्दछ । त्यसका लागि सहकारी संस्थाको स्थापना भएको हो ।

नेपालमा कम आय भएका व्यक्ति निकै छन् । उनीहरुले उद्योग र व्यवसाय गर्न चाहन्छन् तर आर्थिक अवस्था कमजोर भएका कारण आफूले चाहेका कार्य पूरा गर्न सक्दैनन् । सहकारीले भने सबैबाट केही रकम उठाएर सबैलाई सहयोग पुऱ्याउँछ । त्यसैले सहकारीमा एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ भनिएको हो ।

८. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) समालोचनाको मुख्य कार्य के हो ?

समालोचनाको मुख्य कार्य कुनै पनि साहित्यिक कृतिको गुण र दोषको निरुपण गरी उक्त कृतिको व्याख्या र मूल्याङ्कन गर्नु हो ।

(ख) ‘सृष्टि’ र ‘दृष्टि’ शब्दले के के बुझाएका छन् ?

‘सृष्टि’ शब्दले सिर्जनालाई र ‘दृष्टि’ शब्दले सिर्जनालाई हेर्ने कामलाई बुझाएका छन् ।

(ग) पाश्चात्य साहित्यका प्रथम सिर्जनात्मक र समालोचनात्मक कृति कुन कुन हुन् ?

पाश्चात्य साहित्यका प्रथम सिर्जनात्मक कृति ‘इलियड’ र ‘ओडिसी’ अनि समालोचनात्मक कृति ‘काव्यशास्त्र’ हुन् ।

(घ) ‘कवि भानुभक्ताचार्यको जीवन चरित्र’ जीवनीपरक कृतिलाई किन नेपाली साहित्यको प्रथम कृति मानिन्छ ?

‘कवि भानुभक्ताचार्यको जीवन चरित्र’ जीवनीपरक कृतिलाई जीवनीपरक भए पनि प्रस्तुत कृतिमा कवि भानुभक्त र उनको काव्य ‘रामायण’ का बारेमा केही विवेचनात्मक दृष्टि प्रस्तुत भएकाले नेपाली साहित्यको प्रथम कृति मानिन्छ ।

९. दिइएको अनुच्छेद पढी चारओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सार लेख्नुहोस् :

बुँदाहरू :
(क) जिज्ञासा वृत्तिको विकास गर्नु र त्यसमा उत्तम संस्कारको स्थापना गर्नु नै शिक्षाको उपयोगिता भएको,
(ख) सकारात्मक परिवर्तनका लागि शिक्षा हाम्रो धर्म र संस्कृतिको अनुकूल हुनुपर्ने,
(ग) कर्तव्यप्रधान जीवनदृष्टिको स्थापनाबाट नै समाज प्रदूषणमुक्त बन्ने,
(घ) संस्कृतिमूलक शिक्षाबाट नै कर्तव्यप्रधान जीवनदृष्टि स्थापना भई मानव असल र सफल हुने ।

सारांश :

शिक्षाको उपयोगिता

जिज्ञासा वृत्तिको विकास र उत्तम संस्कारको स्थापना गर्नु नै शिक्षाको उपयोगिता रहेको हुन्छ । सकारात्मक परिवर्तनका लागि शिक्षा हाम्रो धर्म, संस्कृतिको अनुकूल हुनुपर्छ । विद्यार्थीले अतिरिक्त समाजबाट सिक्ने भएकाले प्रदूषणमुक्त समाज निर्माण गर्नुपर्छ । कर्तव्यप्रधान जीवनदृष्टिको स्थापनाबाट नै समाज प्रदूषणमुक्त बन्दछ । संस्कृतिमूलक शिक्षाबाट नै कर्तव्यप्रधान जीवनदृष्टि स्थापना हुनुका साथै असल र सफल मानव हुन सकिन्छ ।

अनुच्छेदमा भएको शब्दसङ्ख्या : १५१
एक तृतीयांशमा हुने शब्दसङ्ख्या : ५०
सारांशमा भएको शब्दसङ्ख्या : ५२

व्याकरण

२. उदाहरणमा दिइए झैँ तलका सामान्य पदक्रमका वाक्यलाई विशिष्ट पदक्रममा परिवर्तन गर्नुहोस् :

उठ्छ बिहान सबेरै कविर । गर्छ नित्यकर्म ऊ । उठाउँछ ऊ आफ्ना भाइबहिनीलाई । उनीहरू सबैलाई उसकी आमाले चियाखाजा दिनुहुन्छ । किताबकापी बोकेर जान्छ ऊ विद्यालय । पढ्छ विद्यालयमा मिलेर साथीहरूसित । गृहकार्य गर्छ ऊ । पढाउँछ ऊ भाइबहिनीलाई । जान्छ ऊ फुर्सदको समयमा पुस्तकालय ।

४. तलको अनुच्छेदमा प्रयुक्त लेख्य चिह्न टिप्नुहोस् र तिनको नाम पनि भन्नुहोस् :

१. अल्पविराम ( , )
२. पूर्णविराम ( । )
३. प्रश्नवाचक चिह्न ( ? )
४. दोहोरो उद्धरण चिह्न ( ” ” )
५. एकोहोरो उद्धरण चिह्न ( ‘ ‘ )
६. विस्मयादिबोधक चिह्न ( ! )

५. उपयुक्त लेख्य चिह्न प्रयोग गरी तलको अनुच्छेदको पुनर्लेखन गर्नुहोस् :

छिरिङ हरेक दिन नियमित रूपमा कुनै न कुनै नयाँ पुस्तक पढ्ने गर्थे । उनले कथा, कविता, उपन्यास र यात्रा सस्मरण विधाका धेरै किताब पढिसकेका थिए । ‘मुनामदन’ पढ्दा उनी निकै भावुक बनेका थिए । पढ्दाखेरि केही कुरा नबुझ्दा उनी हजुरआमासँग जान्थे र किताब देखाउँदै भन्थे, “हजुरआमा यसको अर्थ के हो ?” किताब देख्नेबित्तिकै हजुरआमा भन्नुहुन्थ्यो, “ओहो ! तिमीले यो के ल्यायौ ?” हजुरआमालाई भने काला अक्षर भैंसी बराबर थिए । यसैले हजुरआमाले सम्झाएको भावमा उनलाई भन्नुहुन्थ्यो, “मैले तिमीहरूको जस्तो बेलामा विद्यालय जान पाइनँ । यसैले मलाई केही आउँदैन । तिमीहरू त धेरै भाग्यमानी छौ । सानैदेखि विद्यालय जान पाएका छौ आमाबुबासित सोध्न पाएका छौ त्यसैले भरे आमा आएपछि सोध न ।” यसो भने पनि उनी हजुरआमाका कुरा बारम्बार सुनिरहन्थे । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भने झैँ छिरिङ हजुरआमाको अनुभवपूर्ण कुराबाट प्रत्येक दिन केही न केही नयाँ कुरा सिकिरहेका हुन्थे ।

७. शुद्ध बनाई लेख्नुहोस् :

सहकारी लोकतान्त्रिक संस्था हुन् । सहकारीका सदस्य आफ्नो संस्थाको नीति तय गर्न र निर्णय गर्नमा सक्रिय रूपमा सहभागी हुन्छन् ।

Sahakari Exercise Summary:

In English:

Cooperatives are people-centered enterprises owned, controlled and operated to meet the common economic, social and cultural needs and aspirations of their members.

Cooperatives unite people in a democratic and egalitarian manner. Whether members are customers, employees, users or residents, cooperatives are democratically managed by the 'one member, one vote' rule. Members share equal voting rights regardless of the capital they hold in the enterprise.

As a business driven by values ​​rather than profit, cooperatives share internationally agreed principles and work together to build a better world through collaboration. By putting fairness, equity and social justice at the heart of enterprise, cooperatives around the world are allowing people to work together to create sustainable enterprises that create long-term jobs and prosperity.

Cooperatives allow people to take control of their economic future and, because they are not owned by shareholders, the economic and social benefits of their activities remain in the communities in which they are established. The profits generated are either reinvested in the enterprise or returned to the members.

In Nepali:

सहकारीहरू आफ्ना सदस्यहरूको साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकांक्षाहरू पूरा गर्न स्वामित्वमा रहेको, नियन्त्रित र सञ्चालित जन-केन्द्रित उद्यमहरू हुन्।

सहकारीले जनतालाई लोकतान्त्रिक र समतामूलक ढंगले एकताबद्ध गर्छ । सदस्यहरू ग्राहक, कर्मचारी, प्रयोगकर्ता वा बासिन्दा हुन्, सहकारीहरू प्रजातान्त्रिक रूपमा 'एक सदस्य, एक मत' नियमद्वारा व्यवस्थित हुन्छन्। सदस्यहरूले उद्यममा राखेको पूँजीको पर्वाह नगरी समान मतदान अधिकारहरू साझा गर्छन्।

नाफाको सट्टा मूल्यहरूद्वारा संचालित व्यवसायको रूपमा, सहकारीहरूले अन्तर्राष्ट्रिय रूपमा सहमत सिद्धान्तहरू साझा गर्छन् र सहकार्य मार्फत राम्रो संसार निर्माण गर्न सँगै काम गर्छन्। निष्पक्षता, समानता र सामाजिक न्यायलाई उद्यमको केन्द्रबिन्दुमा राखेर, विश्वभरका सहकारीहरूले दीर्घकालीन रोजगारी र समृद्धि सिर्जना गर्ने दिगो उद्यमहरू सिर्जना गर्न मानिसहरूलाई मिलेर काम गर्न अनुमति दिइरहेका छन्।

सहकारीहरूले मानिसहरूलाई आफ्नो आर्थिक भविष्यको नियन्त्रण लिन अनुमति दिन्छ र, तिनीहरू शेयरधारकहरूको स्वामित्वमा छैनन्, तिनीहरूका गतिविधिहरूको आर्थिक र सामाजिक लाभहरू तिनीहरू स्थापित भएका समुदायहरूमा रहन्छन्। उत्पन्न भएको नाफा या त उद्यममा पुन: लगानी गरिन्छ वा सदस्यहरूलाई फिर्ता गरिन्छ।

 

Sahakari in Nepal

विक्रम संवत् २०१० मा सृजना गरिएको सहकारी विभागले विकासको प्रक्रिया प्रारम्भ गर्ने काम दिइएका नेपाल सरकारका सुरुका थोरै निकायहरूको प्रतिनिधित्व गर्दछ । ऐतिहासिक जनआन्दोलनपछि नेपाल २००७ सालमा प्रजातन्त्रिक मुलुक भयो । जहानियाँ तन्त्रको लामो दौरानबाट मुक्त जनतामा विकासको आकाङ्क्षा थियो र नेताहरूलाई आफ्नो प्रतिज्ञाअनुसार गरेर देखाउनु थियो । प्रजातन्त्रले विकासको अगुवाइ गरिरहेका बखत जनसाधारणमाझ सहकारी आन्दोलन दुवैको आधार बन्न सक्तथ्यो । त्यसरी विभागलाई सहकारी प्रस्तावनालाई प्रश्रय दिएर गरिबको स्रोत गरिबीको समस्या समाधानार्थ लगाउनु थियो ।
आज विभागले आफ्नो साठी वर्ष बढीको कामलाई अधिक सन्तोषका साथ हेर्न सक्तछ कि देशमा पूर्ण आकारमा फैलिएको सहकारी आन्दोलन छ । पुगनपुग ६३ लाख साना कृषक, कालिगड, श्रमिक, उपभोक्ता र गरिबी कोष्ठका अरूहरूको संलग्नतामा सबै प्रान्त, जिल्ला र नगरपालिका वा गाउँपालिकामा सञ्चालित ३४ हजार बढी सहकारी सङ्घसंस्थाहरू सहित आन्दोलन क्रमशः शोषणविहीन आर्थिक सम्बन्धहरू प्रवर्धन गर्ने शक्तिको रूपमा विकसित भइरहेको छ ।

विभाग भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यान्वयन गर्ने सङ्काय हो । 'सहकारीपनका लागि नियमन' को ध्येय पछ्याउँदै विभागले सहकारी सिद्धान्तअनुरूप सहकारी सङ्घसंस्थाका स्व–नियमनकारी प्रक्रियाहरूलाई परिपूर्ण तुल्याउँदछ । सहकारी विकास सरकारका तीन तह — सङ्घीय, प्रान्तीय र स्थानीय — बीचको साझा कार्य भएकाले सङ्घीय निकायको रूपमा विभागले प्रान्तीय र स्थानीय सरकारका सहकारी निकायहरूलाई आवश्यक नियामक, प्रवर्धनात्मक र प्रशिक्षण वा शैक्षिक सेवाहरू प्रदान गर्ने अर्थमा अग्रणी भूमिका खेल्नुपर्ने हुन्छ । 

-From सहकारी विभाग

The Department of Cooperatives, created in Bikram Samvat 2010, represents the first few agencies of the Government of Nepal tasked with initiating the development process. Nepal became a democratic country in 2007 after the historic people's movement. During the long period of the Jahanian system, the free people had the desire for development and the leaders had to fulfill their promises. When democracy was leading the development, the cooperative movement among the masses could become the basis of both. In this way, the department was to use the resources of the poor to solve the problem of poverty by supporting the cooperative proposal.
Today, the department can look back on its more than sixty years of work with more satisfaction that there is a full-scale co-operative movement in the country. With the involvement of up to 6.3 million small farmers, Kaligad, workers, consumers and others from the poverty bracket, the movement is gradually developing as a force to promote non-exploitative economic relations with more than 34 thousand cooperative organizations operating in all provinces, districts and municipalities or rural villages.

The department is an implementing agency of the Ministry of Land Management, Cooperatives and Poverty Alleviation. Pursuing the goal of 'Regulation for Cooperatives', the department perfects the self-regulatory processes of cooperative organizations in accordance with cooperative principles. Since cooperative development is a shared function between the three tiers of government — federal, provincial and local — the department as a federal agency should play a leading role in providing necessary regulatory, promotional and training or educational services to the cooperative agencies of provincial and local governments.

Read more

Chapter 12: Jiban Marga Exercise जीवन मार्ग

Chapter 10: Nepali Pahichan Exercise नेपाली पहिचान

keywords

  • Sahakari Nepali Class 12 Exercise
  • Nepali Chapter 11 Class 12 Exercise
  • Sahakari Exercise
  • Sahakari Class 12 Summary
  • Class 12 Nepali

Frequently Asked Questions ( FAQs) 

soon...

Getting Info...

Post a Comment

© NEB Notes: SEE, Class 11, Class 12 Notes Exercise Questions. All rights reserved.